मलेसिया र थाइल्याण्ड भ्रमण गर्नु अघि भएको मैत्रीपूर्ण खेलमा एनआरटीको जित – Kanika Khabar
Monday, May 6Nepali News Portal

मलेसिया र थाइल्याण्ड भ्रमण गर्नु अघि भएको मैत्रीपूर्ण खेलमा एनआरटीको जित

    मा प्रकाशित

असार ११, काठमाडौँ ।
मलेसिया र थाइल्याण्ड भ्रमण गर्नु अघि न्यूरोड टिम एनआरटीले आज संकटा क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले संकटालाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

 

१५ औं मिनेटमा संकटाले गोल गर्दैै खेलमा अग्रता लिएको थियो।४७ औं मिनेटमा मोएसले गोल गरेपछि संकटा २–१ गोलले अघि बढेको थियो।५८ औं मिनेटमा स्टेफन समिरले गोल गरेपछि एनआरटीले खेल २–२ को बराबरीमा ल्याएको थियो।बराबरी भएको २ मिनेट पछि दीपेश घलेले गोल गर्दै एनआरटीलाई ३–२ को अवस्थामा पु¥याउनुभयो ।

 

त्यसपछि थप गोल नभएपछि अन्ततः एनआरटी ३–२ गोल अन्तरले विजयी भएको हो । एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा कप फुटबल प्रतियोगिताको खेल्दै छ । एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने समेत जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्