असार १५, दाङ ।
आज १९ औँ राष्ट्रिय धान दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाउन लागिएको धान दिवसको अवसरमा दाङकाे घाेराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरूले धान राेपेका छन् ।
विद्यालयले शिक्षासँगै संस्कार र संस्कृतिलाई समेत प्राथमिकता राखेर विद्यार्थीलाई विभिन्न क्रियाकलापमा सहभागी बनाउँदै आएकाे छ ।
विद्यार्थीलाई संस्कार जरूरी रहेकाेले नेपाली संस्कार र संस्कृतिमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएकाे प्रिन्सिपल टिकाजंग बिकेले बताए ।
विद्यार्थीलाई कृषिकाे महत्त्व बुझाउनलाई पनि आजकाे दिन राष्ट्रिय धान दिवस परेकाेले विशेष दिनकाे अवसर पारेर धान राेप्न लगाएकाे प्रिन्सिपल बिकेले बताए ।
धान राेपाइमा विद्यार्थी तथा शिक्षक शिक्षिकाकाे सहभागिता रहेकाे थियाे ।