आयोगले माग्यो विद्युतीय मतदान यन्त्र – Kanika Khabar
Monday, May 6Nepali News Portal

आयोगले माग्यो विद्युतीय मतदान यन्त्र

    मा प्रकाशित

असार १६, दाङ ।
आगामी निर्वाचनमा विद्युतीय मतदानका लागि साउन मसान्त भित्र विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रीपरिषदमा पेश गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए साउनभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराइदिन आग्रह गरेको हो ।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था समेतको आधारमा विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन आग्रह गरेको आयोगका सह प्रवक्ता सुर्य प्रसाद अर्यालले बताउनु भयो । प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्थानभएमा आगामी २०७९ साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन भनेको छ ।

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । निर्वाचन आयोगले संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उप राष्ट्रपति, सङ्घीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्न सक्ने कानूनी व्यवस्था रहेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरूमा विद्युतीय मतदान यन्त्रको प्रयोग गरेको थियो ।

यस्तै २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा विद्युतीय मतदान यन्त्रको सफलतापूर्वक प्रयोग गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्