पाल्पा पहिराे अपडेट पहिराेले चारवटा गाडी बगायाे – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पाल्पा पहिराे अपडेट पहिराेले चारवटा गाडी बगायाे

    मा प्रकाशित

कनिका खबर

असार ८, पाल्पा ।

पाल्पाको रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिक पहिरोले चार वटा सवारी साधन बगाएको हो । घटनास्थलमा दुई पुरुषको शब भेटिएको र एक गम्भीर घाइतेको उद्धार गरी उपचारको लागि तानसेनको मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि सात किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारीमा पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन भइसकेको छैन ।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु खटिएका छन् । डेढ सय मिटर लामो पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्