बढ्दै छन् बैँकिङ कसुर सम्बन्धी उजुरी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

बढ्दै छन् बैँकिङ कसुर सम्बन्धी उजुरी

    मा प्रकाशित

साउन २३, काठमाडौँ ।
पछिल्लो केही वर्ष यता बैँकिङ कसुर सम्बन्धी उजुरी बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ । केही वर्ष अघि सयको सङ्ख्यामा उजुुरी आउने गरे पनि पछिल्लो केही वर्ष यस्तो उजुरीको सङ्ख्या हजारमा पुगेको छ ।

नेपाल प्रहरीका अुनसार आर्थिक वर्ष २०७४÷०७५ मा ७ सय ७६ वटा बँैकिङ कसुर सम्बन्धी उजुरी परेको थियो । तर पाँच वर्षपछि अर्थात आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै ४ हजार ५ सय ७६ बैँकिङ कसुर सम्बन्धी उजुरी प्रहरीकोमा दर्ता भएको छ ।

यसरी दर्ता हुने उजुरीमध्ये ८० प्रतिशतभन्दा बढी चेक बाउन्सको हुने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो ।

यसैबीच चेक बाउन्सको मुद्दा अब बैँकिङ कसुर अन्तर्गत पर्ने भएको छ । चेक बाउन्सको मुद्दा बैँकिङ कसुर अन्र्तगत नपर्ने भनी ३ वर्ष अघि गरेको फैसलालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सच्याएपछि चेक बाउन्सको मुद्दा बँैकिङ कसुर अन्र्तगत पर्ने भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्