भदाै १० दाङ ।
दाङकाे मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल घाेराही दाङले तीज कार्यक्रम सम्पन्न गरेकाे छ ।
आज शुक्रबार विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे हाे ।
हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका (तीज) काे अवसर पारेर विद्यालयले अभिभावकहरूलाई दर कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मबहादुर केसीकाे अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष माैसम आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षिका ऋचा चाैधरीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षिका सविता पाण्डेले गरेकी थिइन् ।