नेपाल र केन्याबीचको अन्तिम एकदिवसीय आज – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

नेपाल र केन्याबीचको अन्तिम एकदिवसीय आज

    मा प्रकाशित

भदौ २०, दाङ ।
नेपालले आज घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय आज हुँदैछ । नेपाल र केन्याविरुद्धको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ ।केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ ।

 

तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ ।यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउन चाहन्छ ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

 

यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्