तुलसीपुर नगर प्याब्सनकाे आयाेजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Kanika Khabar
Monday, May 6Nepali News Portal

तुलसीपुर नगर प्याब्सनकाे आयाेजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

भदौ २४, दाङ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर समितिकाे आयाेजनामा मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।
तुलसीपुर नगर प्याब्सनले एक कार्यक्रम आयाेजना गरी वक्तृत्वकला तथा एसइइ परीक्षा २०७८ मा तुलसीपुर क्षेत्रमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने छात्र छात्राहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेकाे हाे । प्याब्सन तुलसीपुर नगर समितिका अध्यक्ष गिरिराज डाँगीकाे अध्यक्षता तथा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य केशव थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

वक्तृत्वकला कार्यक्रममा तुलसी माविका लक्ष्मी हमाल र हिमाल एकेडेमीका अन्जली शाह प्रथम, फ्राेर्टीनाइन माविका शिखा न्यौपाने द्वतीय,हाम्राे पहुँचका सुदिप भण्डारी तृतीय र दिव्यज्याेति माविका आयुष्मा शर्मा र आइडियल माविका क्रिस्टिना बुढाथोकीले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा २०७८ काे एसइइ परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मानित गरिएकाे थियाे ।

सम्मानित हुनेमा अमर इङलिस स्कुलका विनोद पौडेल ( ३.९५), प्रिन्स न्यौपाने (३.९५), प्रगति शर्मा ( ३.९० ), दिया चौधरी ( ३.९०) चिल्ड्रेन हेभनका सुप्रिया चौधरी ( ३.९०) , पवित्रा कुमारी वली (३.९०) र आइडियल माविका जनु के.सी.( ३.९०) लाई सम्मान गरिएको थियाे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा दाङ प्याब्सनका अध्यक्ष मधुसूदन के.सी., प्याब्सन लुम्बिनी प्रदेश सदस्य वासुदेव रिजाल लगायतले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष डम्वर डाँगीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विष्णु याेगीले गरेका थिए।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्