सत्ता गठबन्धनको बैठक बस्दै – Kanika Khabar
Monday, April 29Nepali News Portal

सत्ता गठबन्धनको बैठक बस्दै

    मा प्रकाशित

दाङ, १९ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि सत्ता गठबन्धनको बैठक पहिलो पटक आज बस्दै छ ।

चुनाव परिणामको समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न आज दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो।

आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि महासचिव देवप्रसाद गुरुङले गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए।

हालै भएको निर्वाचनबाट गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ र माओवादी केन्द्रले १७ सिट जितेको छ। दोलखाको अन्तिम परिणाम आउन बाँकी छ।

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेका गठबन्धनका अरु दल एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्