बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जना पक्राउ – Kanika Khabar
Sunday, May 5Nepali News Portal

बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जना पक्राउ

    मा प्रकाशित

काठमाडौँ, २० माघ ।
बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जना पक्राउ परेका छन्। ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालको एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेको आरोपमा आठ जना पक्राउ परेका हुन् । ढकालले रकम चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गर्नुभएको थियो ।

उजुरीको आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई काठमाण्डौ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रवार आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिनु भएको हो । उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बैंकिङ्क कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्