दाङ, २० माघ ।
दाङकाे घाेराही उपमहानगरपालिका वडा न. १५ स्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलले रजत जयन्तीकाे अवसरमा टाेल सरसफाइ कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा न. १५ अवस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलले रजत जयन्तीकाे अवसरमा विविध कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
रजत जयन्तीकाे अवसरमा आज शुक्रबार विद्यालयले सरसफाइ अभियान चलाएकाे छ । विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावत, विद्यालयका इन्चार्ज नवराज खत्री तथा
विकास नगर टाेल विकास संस्थाकाे अध्यक्ष बेचन वलीकाे सहभागितामा विद्यार्थीहरूले टाेलकाे सरसफाइ गरेका थिए ।
`सामाजिक अभियान र सामाजिक कार्यमा विद्यार्थीलाई सहभागी गराएका छाैँ । यसबाट विद्यार्थीले सामाजिक उत्तरदायित्व बुझ्नेछन् ।´ विद्यालय इन्चार्ज खत्रीले बताए ।