भाेलि प्रदर्शनीमा गायिका एलिना चौहान आउँदै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

भाेलि प्रदर्शनीमा गायिका एलिना चौहान आउँदै

    मा प्रकाशित

घोराही, ११ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा शुक्रवार गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ ।

महासंघको आयोजनामा फागुन ३ गतेदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौँरामा जारी प्रदर्शनीमा नेपाली सांगीतिक क्षेत्रका पछिल्लो समयको लोकप्रिय गायिका चौहानको प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा चौहानको फागुन १२ गते एलिना चौहानको प्रस्तुति रहने छ । पछिल्लो समय महोत्सवहरुमा उहाँको प्रस्तुतिसँगै दर्शकहरु नाचेको भिडियो भाईरल भईरहेको छ । त्यसैले उहाँ युवाहरुमाझ लोकप्रिय हुनुहुन्छ । उहाँको धोकेबाज हौ तिमी’ बोलको गीत पछिल्लो समय महोत्सवहरुमा लोकप्रय छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्