विराटनगर, १३ जेठ ।
आज शनिवार बिहानदेखि विराटनगरमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
कोशी प्रदेश सभाको बैठक भोलि आइतबारका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचानवादी पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवत जावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोशी नामाकरण गरेको थियो।