करणी गरेको अभियोगमा ५ जना पक्राउ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

करणी गरेको अभियोगमा ५ जना पक्राउ

    मा प्रकाशित

दाङ,२३ जेठ ।

देउखुरीमा दुई बहिनीलाई जवरजस्ती करण गरेको अभियोगमा दुई नाबालकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा निवासी २ नाबालकसहित पाँच जना रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निवासी १६ वर्षीय २ बालक, सोही वडा निवासी १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका–५ निवासी २० वर्षीय सुहेल खान,कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ मैतहवा घरभई हाल गढवा गाउँपालिका–६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।

जिल्ला अदालत दाङबाट म्यादथप गरि थप अनुसन्धान भैरहेको बताए । उनीहरुले राप्ती गाउँपालिका घर भएका करिव १२ वर्ष र करिव १४ वर्षका बालिकालाई करणीको प्रयास गरेको प्रहरीमा उजुरी परेको थियो । घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्