मैत्रीपूर्ण फुटबल प्रतियोगितामा फेन्सी व्यवसायी विजयी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा फेन्सी व्यवसायी विजयी

    मा प्रकाशित

हिमाल महरा

दाङ, १४ चैत।

दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा गत बर्षको बिजेता राप्ती अञ्चल अटो एसोसिएसनलाई २-१ गोलको अन्तरले पराजित गर्दै रेडिमेट तथा फेन्सी व्यवसायी बिजय सुरुवात गरेको छ ।

पहिलो हाफ गोल रहित बराबर खेलको दोस्रो हाफमा ३ गोल भएको हो जस्मा रेडिमेट तथा फेन्सी व्यवसायीका खेलाडी सम्राट शाह र कल्याण  श्रेष्ठ एक-एक गोल गर्न सफल भएका थिए ।

राप्ती अञ्चल अटो एसोसिएसन तर्फबाट खेलको अन्तिम तिर रामु पुनले एक गोल गरेता पनि हार बाट जोगिन सकिन र ३ बर्ष लगातार बिजेता टिम पहिलो खेल बाटै बहिरेको छ ।

भोली १५ गते बिहीबार पहिलो खेल किराना तथा गल्ला व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी र दोस्रो खेल दाङ जिल्ला फोटोग्राफर एसोसिएसन र दाङ देउखुरी होटल व्यवसायीबीच हुने फुटबल प्रतियोगिताको संयोजक बिक्रम रानाले जानकारी दिनुभयो ।

संघले ५४ औं स्थापना दिवसको अवसरमा  फुटवल प्रतियोगिता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगिता, हाजिरी जवाफ, बक्तित्वकला, व्याडमिटन , कुर्सीदौड, रक्तदान, बोरा दौड प्रतियोगिता कार्यक्रमहरु आयोजना गरेको छ । संघले यसअघि नै रक्तदान कार्यक्रम गरिसकेको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्