उद्धारमा जुट्न निर्देशन दिंदै नेकपाको बैठक सम्पन्न – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

उद्धारमा जुट्न निर्देशन दिंदै नेकपाको बैठक सम्पन्न

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
लगातारको स्थगनपश्चात आज बसेको सत्तारुढ दल नेकपाको बैठक आशा गरे बमोजिमको निर्णयमा पुग्न सकेको छैन । बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिंदै बैठक सकिएको छ ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसुर बाँकी नराख्न आग्रह गरेको छ । बैठक साउन १३ गतेसम्मको लागि स्थगित गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्