गजल – Kanika Khabar
Thursday, May 2Nepali News Portal

गजल

    मा प्रकाशित

गति सकियो जीवनको लय सकियो,
मेरो पनि बाँचेको अभिनय सकियो

खरानी बन्नु अघि लास मुस्कुराउँछ,
सोँच्दो हो आजबाट पराजय सकियो

म हर परीक्षामा पास भएँ त्यसपछि ,
जब जिन्दगीमा ुपिरतीु विषय सकियो

कैदी भेटे जस्तै रहेछ खुसी भेट्नु यहाँ,
आदेश आउँछ तपाईंको समय सकियो

आमा मात्र थिइन् गुमाउनु पर्ने, गुमाएँ
सबथोक सकियो, गुमाउने भय सकियो

डण्डा नवलपरासी
गण्डकी प्रदेश

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्