माध्यमिक शिक्षा परीक्षाको नतिजा आउन ढिलाइ हुने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

माध्यमिक शिक्षा परीक्षाको नतिजा आउन ढिलाइ हुने

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ ।
सरकारले साउन १५ गते भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भनेर घोषणा गरे पनि नतिजा सार्वजनिक गर्नमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको नतिजा सार्वजनिक गर्ने मिति आउन तीन दिन मात्र बाँकी रहँदा अझै नतिजा सार्वजनिक गर्ने तयारी देखिएको छैन ।
अधिकांश विद्यालयबाट जिल्ला शिक्षा समन्वय ईकाइ हुँदै राष्ट्रिय परीक्षा बोर्डलाई विवरण प्राप्त भइसके पनि केही विद्यालयको विवरण आउन बाँकी रहेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
जेठ २८ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७६ सालको एसईई नगर्ने निर्णय गरेको थियो । कोरोना महामारीका कारण परीक्षा गराउन असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय भएको थियो । गत चैत ६ गतेबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो । यो वर्ष चार लाख ८२ हजार सात सय सात विद्यार्थी एसईई परीक्षा दिने तयारीमा थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्