राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा लालमटिया राप्तीको आयोजनामा निर्मित संरचनाको शिलान्यास – Kanika Khabar
Friday, May 1Nepali News Portal

राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा लालमटिया राप्तीको आयोजनामा निर्मित संरचनाको शिलान्यास

    मा प्रकाशित

कनिका खबर

साउन १५ लालमटिया देउखुरी ।
ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा लालमटिया राप्तीको आयोजनामा राप्ती गा पा वडा २ स्थित पशुआश्रम नजिकै शान्ति उधान,योगा,राजयोग ध्यानकेद्र लगायत संरचना निर्माणको आज एक समारोह विच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी ईन्दिरा दिदीको अध्यक्षता एवं राप्ती गाउँ पालिकाका अध्यक्ष नुमानन्द सुबेदीको प्रमुख आतिथ्यतामा र ब्रह्माकुमारीज राप्ती क्षेत्रकी प्रमुख राजयोगिनी गीता दिदीको बिशिस्ट आतिथ्यतामा भएको समारोहमा बोल्दै सुबेदीले भने, ‘भौतिक उन्नति र सुख सुबिधासँगै हामीमा मानसिक अशान्ति,तनाव र बिचलन आएको छ यसको ब्यवस्थापनका लागि योग साधना प्रणाायाम र आध्यात्मिक शिक्षाको आबश्यकतामाथि जोड दिदै बहुउद्देश्यीय योजना अनुरुप निर्माण हुने पुर्वाधार यस गाउँपालिकाकोे गहनाको रूपमा बिकास अनि संरक्षणमा सबैको साझा प्रयास हुनुपर्छ ।’
कार्यक्रमका वक्ताहरुले आजको सन्दर्भमा शरीरको रोगको उपचारको साथै मानसिक स्वास्थमा ध्यान दिनुपर्ने भन्दै पुर्विय दर्शन,जीवन शैली,आहार ब्यवहार र बिचारको शुद्धीकरण गर्न आव्हान गरे । ब्रह्माकुमारी उर्मिला बैनीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा राजगोगिनी गीता दिदी,राप्ती गा पा उपाध्यक्ष जगदम्बा चौधरी,वडा न २ का वडाध्यक्ष जगत बहादुर थापा,शिक्षाप्रेमी किरण भण्डारी, राप्ती उधोग वाणिज्य सघका अध्यक्ष जगत पोख्रेल नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पत्रकार महेश रिजालले शुभकामना मन्तव्य राखेका थिए। योगा मैदान ध्यान केन्द्र,शिवधाम,वुद्ध मुर्ति, राजयोग शिवीर भवन,शान्ति उद्यान चिल्ड्रेन पार्क लगायत भौतिक निर्माणको कार्य गरिने आयोजक सस्थाले जानकारी दिएको छ । कार्यक्रमको सहजीकरण ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए । परियोजनाको डकुमेन्ट्रीको प्रस्तुतीकरण राजयोगी आनन्दराम कव्र योगीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्