एकराज शर्माको ‘मेरो अतीत’ : नातिबाट बिमोचित, नातिनीबाट चर्चा – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

एकराज शर्माको ‘मेरो अतीत’ : नातिबाट बिमोचित, नातिनीबाट चर्चा

    मा प्रकाशित

दाङ २५ साउन ।

साहित्यकार एवं सामाजिक अभियन्ता एकराज शर्माको ‘मेरो अतीत’ नामक पुस्तक बिमोचन गरिएको छ । तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका शर्माले आफ्नो बाल्यकालदेखि बिभिन्न कालखण्डका स्मरणहरू समेटेर आफ्नो पुस्तक तयार गरेका छन् ।

राप्ति सहित्य परिषद्को आयोजनामा भएको पुस्तक विमोचन समारोहमा बोल्ने बक्ताहरूले दाङको इतिहासको अध्ययन गर्न चाहनेका लागि शर्माको पुस्तक एउटा महत्वपूणर् दस्ताबेज हुने उल्लेख गरेका थिए । त्यसैगरी बक्ताहरूले एकराज शर्माको स्वच्छ र इमानदार जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुने समेत बताएका थिए ।

कार्यक्रममा पुस्तकका लेखक शर्माका नाति संस्कार रेग्मी र अतिथिहरूले संयुक्त रूपमा गरेका थिए भने नातिनी संस्कृति रेग्मीले शर्माको पुस्तकको महत्व दर्शाउने कविता वाचन गरेकी थिइन् । यस्लाई विमोचन समारोहका लागि नयाँ अभ्यासका रूपमा व्याख्या गरिएको छ ।

राप्ति साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा बिशिष्ट अतिथीका रूपमा रहेका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा, नेसंबि सेवा आयोगका पुर्व सदस्य श्रीधर मजगैया, साहित्यकारहरू गिरीराज शर्मा, गुरुप्रसाद शर्मा, उत्तमकृष्ण मजगैया, विपी चिन्तन केन्द्रका अध्यक्ष विनोद पोख्रेल, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, पुर्व संयोजक टिकाराम रेग्मी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, निमबहादुर थापा, हरी पोख्रेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी साहित्यकार अमर गिरी र रमेश अधिकारीले पुस्तकमाथी समिक्षात्मक टिप्पणी गरेका थिए । शर्माद्वारा लिखित ‘मेरो अतीत’ पुस्तकको प्रकाशनको जिम्मेबारी बहन गरेका नयाँ युगबोध दैनिकका सम्पादक प्रताप रेग्मीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए भने राप्ति साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटाले कार्यक्रमको सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै लेखक शर्माले पुस्तकका नाम ‘मेरो अतीत’ भएता पनि त्यस भित्रको बिषयबस्तु सबैको अतित र समयको चित्रणको रूपमा रहेको बताएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्