विहार उपनिर्वाचनमा भाजपालाई झट्का, प्रशान्त किशोर विजयी – Kanika Khabar
Monday, August 3Nepali News Portal

विहार उपनिर्वाचनमा भाजपालाई झट्का, प्रशान्त किशोर विजयी

    मा प्रकाशित

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई बिहार राज्यमा झट्का लागेको छ ।

बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा भाजपाको परम्परागत सिटमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन् । यस क्षेत्रबाट भारतीय जनता पार्टीका नीरज कुमार उम्मेदवार रहेका थिए ।

बाँकीपुर क्षेत्र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनको परम्परागत क्षेत्र मानिन्छ । उनी यहाँबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए । नितिन नवीन राज्यसभामा गएपछि उक्त क्षेत्रमा उपनिर्वाचन गरिएको हो ।

भाजपाको यस हारलाई ठुलो झट्काको रुपमा भारतीय मिडियामा विश्लेषण गरिएको छ । कतिले यसलाई भाजपाको पतनको शुरुवात समेत भनेका छन् । अर्कोतर्फ २०२५ को विधान सभा निर्वाचनमा खाता खोल्न नसकेका प्रशान्त किशोरले भाजपालाई झट्का दिदै विधान सभामा पुगेका छन् ।

त्यस्तै मध्य प्रदेशको दतिया विधानसभा क्षेत्रमा कांग्रेसका उम्मेदवार घनश्याम सिंह विजयी भएका छन् भने गुजरातको मांजलपुर विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका सत्येन्द्रभाई (सतीश) पटेल विजयी भएका छन् । तीनै विधानसभा क्षेत्रमा गत जुलाई ३० मा मतदान भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्