मधेशको घटना ट्रेलर हो, फिल्म सुटिङ हुन बाँकी छ- पूर्ण बहादुर खड्का – Kanika Khabar
Friday, August 14Nepali News Portal

मधेशको घटना ट्रेलर हो, फिल्म सुटिङ हुन बाँकी छ- पूर्ण बहादुर खड्का

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्काले मधेशमा भएको पछिल्लो घटना ट्रेलर मात्रै भएको टिप्पणी गरेका छन् ।

संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले मधेशमा हालै भएको घटना ट्रेलर भएको र फिल्म सुटिङ हुनै बाँकी रहेको बताएका हुन् ।

उनले भने- ‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी नराखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ । चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस् । त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातिय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ । मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’

खड्काले कांग्रेस एक नभए देश आज संकटमा जाने बताउदै शेर बहादुर देउवाको नेतृत्वमा नै कांग्रेसको एकता हुनुपर्ने बताए ।

उनले अहिले कांग्रेसको विवाद भनेको अवैधानिक विशेष महाधिवेशन भएको बताए । १४औं महाधिवेशनको केन्द्रीय समितिलाई मान्यता नदिए कांग्रेस विभाजन हुने बताउदै देशपनि संकटमा पर्ने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्