अग्रजलाई सम्मान, युवालाई अवसर : वासना थापा – Kanika Khabar
Tuesday, October 6Nepali News Portal

अग्रजलाई सम्मान, युवालाई अवसर : वासना थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले पार्टीको बृहत्तर हित, एकता र शुद्धीकरणका लागि केन्द्रीय सदस्य (महिला खुला) पदमा आफ्नो उम्मेदवारी दिएकी छिन्।

थापाले अग्रजहरूको योगदान र अनुभवलाई सम्मान गर्दै युवा पुस्तालाई नेतृत्वमा अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। पार्टीलाई समयानुकूल, सुदृढ र एकताबद्ध बनाउन पुस्तान्तरणसँगै अनुभवी र नयाँ पुस्ताबिचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

आफ्नो उम्मेदवारी पार्टीभित्रको व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि संगठनलाई थप प्रभावकारी र समावेशी बनाउने उद्देश्यबाट प्रेरित रहेको थापाले बताएकी छन्।

उनले कांग्रेसलाई ‘युवा महिला मैत्री’ पार्टीका रूपमा थप सुदृढ बनाउन आफूले भूमिका खेल्न चाहेको उल्लेख गरेकी छन्। पार्टीको संगठनात्मक सुधार, एकता र शुद्धीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको प्रतिबद्धता छ।

थापाले आफ्नो उम्मेदवारीलाई सफल बनाउन पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग, माया, विश्वास र अमूल्य मतको अपेक्षा गरेकी छन्।

“अग्रजहरूको सम्मान गर्दै, युवा पुस्तालाई अवसर प्रदान गर्ने उद्देश्यका साथ पार्टीको बृहत्तर हित, एकता र शुद्धीकरणका लागि मैले केन्द्रीय सदस्य (महिला खुला) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छु,” थापाले भनेकी छन्।

उनले कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध र युवा महिला मैत्री बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताउँदै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेकी छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्