क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत – Kanika Khabar
Tuesday, October 20Nepali News Portal

क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत

    मा प्रकाशित

काठमाडौँ । क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका छन् । प्रान्तलाई क्यानडाबाट अलग गर्ने प्रक्रियातर्फ अघि बढाउने प्रस्तावलाई उनीहरूले अस्वीकार गरेका हुन् ।

१० लाखभन्दा बढी मत गणना हुँदा करिब ७६ प्रतिशतले क्यानडासँगै रहने पक्षमा र २३ प्रतिशतले अलग हुने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउने प्रक्रिया सुरु गर्ने पक्षमा मत दिएका थिए ।

यो मतदान क्यानडाबाट स्वतन्त्र हुने विषयमा प्रत्यक्ष जनमतसङ्ग्रह भने थिएन । प्रस्ताव पारित भएको भए भविष्यमा अलग हुने वा नहुने विषयमा जनमतसङ्ग्रह गराउने प्रक्रिया अघि बढ्न सक्थ्यो ।

अल्बर्टामा विश्वको चौथो ठूलो तेल भण्डार रहेको छ। यो प्रान्त क्यानडाको सङ्घीय सरकारप्रति असन्तुष्टि राख्ने र परम्परागत रूपमा रूढिवादी राजनीतिक प्रभाव भएको क्षेत्रका रूपमा चिनिन्छ । तर, विगतमा त्यस्तो असन्तुष्टि स्वतन्त्रताका लागि व्यापक समर्थनमा परिणत भएको थिएन ।

मतदानमा आप्रवासन र संवैधानिक परिवर्तनसम्बन्धी अन्य नौ प्रश्न पनि समावेश थिए । क्यानडाको सार्वजनिक प्रसारण संस्था सीबीसीका अनुसार मतदानका सबै १० प्रश्न गैरबाध्यकारी थिए । त्यसैले प्राप्त नतिजाअनुसार प्रान्तीय सरकारले कानुनी रूपमा निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्