दसैँले आपसी सद्भाव, एकता र आशाको सन्देश फैलाओस् : प्रमुख सचेतक थापा – Kanika Khabar
Tuesday, October 20Nepali News Portal

दसैँले आपसी सद्भाव, एकता र आशाको सन्देश फैलाओस् : प्रमुख सचेतक थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य वासना थापाले नेपालीहरूको महान् पर्व विजया दशमीका अवसरमा शुभकामना व्यक्त गर्दै दसैँले आपसी सद्भाव, एकता र आशाको सन्देश फैलाउने बताएकी छिन् ।

विजया दशमीले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र निराशामाथि आशाको विजयको सन्देश दिने उल्लेख गर्दै थापाले पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

उनले दसैँ केवल टीका र जमराको पर्व मात्र नभई परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने तथा सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताएकी छन्।

थापाले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको बताउँदै लोकतन्त्र, संविधान र विधिको शासनलाई बलियो बनाउँदै जनताको अपेक्षा पूरा गर्ने दिशामा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्।

विपद्, अभाव र कठिनाइमा रहेका नागरिकलाई पनि दशैंको खुसीमा समेट्नुपर्ने उल्लेख गर्दै उनले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका, विपद्बाट प्रभावित र विभिन्न कारणले कठिन परिस्थितिमा रहेका नागरिकप्रति संवेदनशील बन्न सबैलाई आग्रह गरेकी छन्। विपद्का समयमा राजनीति भन्दा नागरिकको जीवनरक्षा प्राथमिक हुनुपर्ने उनको पछिल्लो धारणा रहँदै आएको छ।

“दसैँले नेपालीबीचको एकता, सद्भाव र पारस्परिक सहयोगको भावनालाई अझ बलियो बनाओस्। देशमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको नयाँ आशा सञ्चार होस्,” थापाको शुभकामना सन्देशमा उल्लेख छ।

उनले विजया दशमीले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्दै देशको समुन्नति र जनताको सुखद भविष्यका लागि हार्दिक शुभेच्छा व्यक्त गरेकी छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्