चाडपर्वले नेपाली मन जोड्न, समाजमा सद्भाव बढोस् : कांग्रेस दाङ क्षेत्र न. १ – Kanika Khabar
Tuesday, October 20Nepali News Portal

चाडपर्वले नेपाली मन जोड्न, समाजमा सद्भाव बढोस् : कांग्रेस दाङ क्षेत्र न. १

    मा प्रकाशित

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र न. १ ले विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ प्रगाढ बनोस् भन्ने कामना गरेको छ।

क्षेत्रीय सभापति दिनेश गिरी र सचिव गोविन्द वलीद्वारा जारी सन्देशमा विजयादशमीले नेपालीहरूबीच प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै समाजमा सकारात्मक ऊर्जा तथा नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरिएको छ।

विविध जातजाति, भाषा, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा चाडपर्वले भावनात्मक सम्बन्धलाई बलियो बनाउने उल्लेख गर्दै सन्देशमा यस्ता अवसरले आपसी सम्मान, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

सत्य, न्याय र सदाचारको मार्गमा अघि बढ्न प्रेरित गर्ने विजयादशमीले समाजमा विद्यमान विभेद र वैमनस्य अन्त्य गर्दै समुन्नत, समावेशी र समृद्ध समाज निर्माणका लागि सबैलाई एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ।

कांग्रेस दाङ क्षेत्र न. १ ले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र आम नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धिको कामनासहित शुभकामना व्यक्त गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्