विजया दशमीले आशा, विश्वास र एकताको नयाँ सञ्चार गरोस् : कांग्रेस दाङ – Kanika Khabar
Tuesday, October 20Nepali News Portal

विजया दशमीले आशा, विश्वास र एकताको नयाँ सञ्चार गरोस् : कांग्रेस दाङ

    मा प्रकाशित

दाङ । नेपाली कांग्रेसले विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वले नेपाली समाजमा आपसी विश्वास, सद्भाव र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

सभापति शंकरप्रसाद डाँगीद्वारा जारी शुभकामना सन्देशमा विजया दशमीलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै यस पर्वले समाजमा सकारात्मक सोच, नैतिकता र मानवीय संवेदनाको विकास गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

सन्देशमा नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई जीवन्त राख्न चाडपर्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आपसी मतभेदलाई संवाद र सहकार्यबाट समाधान गरी सामाजिक सद्भाव कायम राख्नुपर्ने भाव व्यक्त गरिएको छ।

विजयादशमीले निराशालाई आशामा, विभाजनलाई एकतामा र असहमतिलाई सहकार्यमा रूपान्तरण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै सभापति डाँगीले समुन्नत, समावेशी र समृद्ध समाज निर्माणका लागि सबैमा सकारात्मक सोच र साझा जिम्मेवारीको भावना विकास हुनुपर्ने सन्देश दिएका छन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्