काठमाडौं । आज बडादशैको टिकाको दिन आफु भन्दा ठुला र मान्यजनबाट टीका र आशिर्वाद लिएर मनाइदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकेको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११” ५२ बजेको समय तोकिएको छ ।
समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ ।
समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ ।


