पोसाक दुरुपयोग नगर्न सशस्त्र प्रहरीको चेतावनी – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

पोसाक दुरुपयोग नगर्न सशस्त्र प्रहरीको चेतावनी

    मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कम्ब्याट पोसाक लगाएर सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य होइनन् । उनले संगठनको कम्ब्याट पोसाकको अर्ध भाग लगाएर पोसाकको दुरुपयोग गरेको पाइएको छ ।

उक्त व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै वास्तविकता नबुझी भ्रामक सामग्री र टिप्पणी प्रसारित हुँदा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने संगठनले जनाएको छ ।

सशस्त्र प्रहरीले पोशाक दुरुपयोग गर्ने व्यक्ति तथा भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्नेहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरीको पोशाक, दर्ज्यानी चिह्न तथा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधिबारे जानकारी भए टोल फ्री नम्बर १११४ मा खबर गर्न पनि अनुरोध गरिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले भ्रामक भिडियोलाई सशस्त्र प्रहरी बलसँग जोडेर नबुझ्न सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्