काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले सोझै फाइनल यात्रा तय गरेको हो।
सुदूरपश्चिमले दिएको १०५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । लुम्बिनीका निरोशन डिकवेलाले ३७ बलमा ३ छक्का र ७ चौकासहित अविजित ५९ रनसहित अर्धशतकीय पारी खेले ।


