मन्त्रालयले पनि दियाे निर्देशन – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

मन्त्रालयले पनि दियाे निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २२, दाङ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालकाे अवस्थामा शैक्षिक क्रियाकलापलाई स्थगित राख्न निर्देशन दिएकाे छ । अाज साेमबार मन्त्रालयकाे मन्त्रीस्तरीय बैठक बसी त्यस्ताे निर्णय गरेकाे हाे । बैठक पश्चात सुचना जारी गर्दै अहिले लामाे समयदेखि देशका सम्पूर्ण विद्यालयहरूकाे शैक्षिक क्रियाकलाप स्थगित रहेकाे हुँदा मन्त्रालयबाट अर्काे सुचना जारी नहुँदासम्म नतिजा प्रकाशन तथा भर्ना अभियान जस्ता क्रियाकलापलाई अगाडि नबढाउन अाग्रह गरिएको छ ।

साथै अनलाइन पठनपाठनका नाममा शुल्क लिइदै अाएकाेमा त्यस्ता कार्यलाई तुरून्त राेक्न पनि निर्देशन दिएकाे छ । कक्षा १०,११ र १२ काे स्थगित वार्षिक परीक्षाका बारेमा मन्त्रालयले वस्तुस्थितिकाे सुक्ष्म अध्ययन गरिरहेकाे र परीक्षाका बारेमा अझै कुनै निर्णय नभएकाे सुचनामा उल्लेख गरिएकाे छ ।

साथै संस्थागत विद्यालयले एक महिनाकाे मासिक शुल्क मिनाहा गर्नुपर्ने पनि उल्लेख गरिएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्