कनिका खबर
भदौं ११, काठमाडौं
उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकार आइसोलेसन र क्वारेन्टाइन निर्माणमा जुटेको छ । उपत्यकामा कम्तीमा पाँच हजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन् । उपत्यकामा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ । यस्तै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ६ हजार बेड क्षमताका क्वारेन्टाइन पनि निर्माण गरिने भएको छ ।
काठमाडौं उपत्यका एकीकृत क्वारेन्टाइन व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारहरूको समन्वयमा जतिसक्दो छिटो क्वारेन्टाइन निर्माणको काम थाल्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । काठमाडौं, भक्तपुर र ललितपुरमा उचित स्थान छनौट गरेपछि आइसोलेसन बेड निर्माण गरिने र संक्रमण देखिएका तर लक्षण नदेखिएकाहरूलाई त्यहाँ राख्ने तयारी भएको छ ।