कनिका खबर
भदौं १२, हुम्ला
सिमकोट गाउँपालिकाको लिमाष्टाङ गाउँमा एक महिलाको सङ्कास्पद मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी अञ्दाजी ४० वर्षिय पुल्तीसरा सुनारको सङ्कास्पद मृत्यु भएको हो । गाउँमा लगाएको बालीनालीको रेखदेख गर्ने ‘नोरा’ काममा संलग्न भई गाउँमा बस्दै आएकी सुनारलाइ एक्कासी बाटोमा मृत अवस्थामा भेटिएको हो । आज बिहान गाउँ नजिकैको बारीमा सुनारलाई भुईमा पल्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले जानकारी दिनुभयो । सुनारको के कारणले मृत्यु भयो ? भन्ने बारेमा केही जानकारी नआएको उल्लेख गर्दै प्रहरी प्रमुख सुवेदीले थप अध्ययनका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ गएको बताउनुभयो ।
मा प्रकाशित