पहिरोले पाँच वटा घर बगाउँदा जुम्लामा तीनजनाको मृत्यु – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पहिरोले पाँच वटा घर बगाउँदा जुम्लामा तीनजनाको मृत्यु

    मा प्रकाशित

गोल्डेन बुढा
भदौ १४, जुम्ला ।
कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका १, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो । आज बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिएका छन् ।
डिएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका —७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं.५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।
तिलागुफा नगरपालिका ३, का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ ।पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन । १३ र १४ जना घरमै पुरिएको अनुमान गरिएको छ ।घटनास्थलमा कालीकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्