राष्ट्रियता बहसको मुद्दा काङ्ग्रेसले नेतृत्व गर्नुपर्छ : नेतृ डिला – Kanika Khabar
Saturday, April 27Nepali News Portal

राष्ट्रियता बहसको मुद्दा काङ्ग्रेसले नेतृत्व गर्नुपर्छ : नेतृ डिला

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दाङ ।
प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बिपीले देखाएको राजनीतिक स्वतन्त्रता मुलुकले प्राप्त गरेको बताएकी छिन् । मगलादेवी स्मृति प्रतिष्ठानको आयोजनामा वीपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यसो बताएकी हुन् ।

बिपीले देखाएका थुप्रै मार्गहरुको चर्चा गर्दै नेतृ सङ्ग्रौला बिपीले प्रजातान्त्रिक समाजवादलाई दुईवटा बाटोबाट लगेको बताइन् । उनले भनिन्, ‘ ती दुई बाटो एउटा राजनीतिक स्वतन्त्रता हो र अर्को आर्थिक समानता हो । ’ यहाँसम्म आइपुग्दा हामीले राजनीतिक स्वतन्त्रता प्राप्त गरिसकेको उल्लेख गर्दै अब आर्थिक समानताका लागि सङ्घर्ष गर्नु पर्ने बताइन् । उनले थपिन्, ‘ अबको काङ्ग्रेसको बाटो तथा बिपीको सपनाको बाटो प्रजातान्त्रिक समाजबादका माध्यमबाट मुलुकको आर्थिक क्रान्ती हो । जनताको सुखदुखको सहयात्री काङ्ग्रेसले यसलाई आफ्नो मूलमन्त्र बनाएर अगाडि बढ्नु बिपीप्रतिको सम्मान हो, न्याय हो ।’
बिपीले योजना बनाउँदा हलो जोतिरहेको किसानको तस्बीर हेरर बनाउनुपर्छ भन्ने मान्यता रहेको बताउँदै काङ्ग्रेस यहीनेर चुकेको बताइन् । बिपीले उठाएको राष्ट्रियता कमजोर हुँदै गएको बताउँदै उनले भनिन्, ‘राष्ट्रियता र राष्ट्रिय एकताको नाममा व्यक्तिलाई देवत्वकरण प्रवृत्तिले राजनीतिलाई गाँजेको कारण राष्ट्रिय स्वाधीनता कमजोर भएको छ ।’ उनले काङ्ग्रेसलाई जिम्मेवारी बहन गर्न आग्रह गर्दै भनिन्, ‘अब राष्ट्रियताको मुद्दामा बहस गर्ने बेला भएको छ, यसको जिम्मेवारी काङ्ग्रेसले लिनुपर्छ । काङ्ग्रेस बाहेक अन्य पार्टीले राष्ट्रियताको मुद्दालाई सन्तुलनमा राख्न सक्दैन ।’ उनले थपिन्, ‘कम्युनिस्टहरु उग्र राष्ट्रवादको पर्याय बनेका छन्, पहाडमा जाँदा पहाडे राष्ट्रवाद, हिमालमा जाँदा हिमाली राष्ट्रवाद त मधेस जाँदा मधेशी राष्ट्रवादको भेषमा राष्ट्रियतालाई कमनोर बनाउँदै लगेका छन् ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्