आजदेखि कक्षा १२ को परीक्षा सुरु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

आजदेखि कक्षा १२ को परीक्षा सुरु

    मा प्रकाशित

दाङ, १४ वैशाख ।
आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । आज शुक्रबारदेखि सुरु हुने परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८ सय ४७ र ग्रेडबृद्धितर्फ १ लाख १ हजार १ सय परीक्षार्थी रहेका छन् ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेको बोर्डले जनाएको छ ।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङमा १, मुस्ताङमा १ वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्