गढवामा विभिन्न पाटी परित्याग गरि ६८ जना कांग्रेसमा प्रवेश – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गढवामा विभिन्न पाटी परित्याग गरि ६८ जना कांग्रेसमा प्रवेश

    मा प्रकाशित

शिवराज खनाल
लमही,२५ भदौ ।

देउखुरीको गढवा गाउँपालिकामा विभिन्न पाटी परित्याग गरि ६८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गढवा गाउँपालिका–२ कोठरी र महदेवामा बुधवार ६८ जना नेकपालगायतका पाटी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन ।

जनताको भावना बुझ्ने पाटी नेपाली कांग्रेस भएको र अन्य पाटीले गरिव दुखी जनताको भावना बझ्न नसक्ने भन्दै उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य योगेन्द्र चौधरीले अविरटिकासहित फुलमालालगाएर पाटी प्रवेश गराएका थिए ।

पाटी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य चौधरीले देशको समृद्धि र हितकाका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताएका थिए । जनताको लागि निर्वाचित अहिलेका मन्त्रीदेखि सांसदहरु व्यक्तिगत स्वार्थमा लागेर विकासका लागि कांग्रेसको विकल्प नरहेको प्रमाणित गरेको उनल ेबताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले अहिलेको बिद्यमान परिस्थितिमा कांग्रेसमा जनताको साथी भएको बताएका थिए । उनले देउखुरीको विकासका लागि विगतमा कांग्रेसले भूमिका खेलेको भन्दै उनले बर्तमान अवस्थामा पनि कांग्रेस भएको बताएका थिए ।

कार्यक्रममा कांग्रेस पूर्व महासमिति सदस्य तथा दाङ क्षेत्र नं. १ का क्षेत्रीय सल्लाहकार अनुप थापा, गढवा गाउपालिका ईकाई सभापति बालचन्द्र हमाल ,सहसभापति श्रीपत चौधरी, नेपाल प्राध्यापक संघका जिल्ला सदस्य गोबिन्द ओलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस गढवाका इकाई सचिव पोषण शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्