अविरल वर्षा पश्चात दाङका विभिन्न खोलामा बाढी, सवारी आवागमन ठप्प, विभिन्न स्थानमा लाखौँको क्षति – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अविरल वर्षा पश्चात दाङका विभिन्न खोलामा बाढी, सवारी आवागमन ठप्प, विभिन्न स्थानमा लाखौँको क्षति

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।


गएराति दाङमा परेको अविरल वर्षापछि विभिन्न खोलामा बाढी आएको छ । वर्षाले विभिन्न स्थानमा क्षति पुराएको छ भने बाढीले घोराही —तुलसीपुर सडक खण्ड नै अवरुद्ध पारेको छ । घोराही – तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आउँदा सवारी आवागमन बन्द भएको छ । साथै बाढीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।
सम्पूर्ण क्षतिको विवरण नआए पनि केही ठाउँको विवरण भने आउन थालेको छ । वर्षाका कारण तुलसीपुर–३ का ३४ वषीय गोपाल वलीको कच्ची घर भत्किएको छ । घर परिवारलाई प्रहरीले उद्धार गरेको छ ।
त्यसैगरी तुलसीपुर–१६ लक्ष्मीपुरकी ४२ वर्षीय मति चौधरीको कच्ची घरमा पानी पसेको छ । त्यसैगरी तुलसीपुर–१६ को गणेशपुर निवासी सन्जु पुनमगरको चारकोठे पक्की घरमा पनि बाढी पसेको प्रहरीले जनाएको हो । तुलसीपुर–१६ मै केशव खत्रीको घरमा पनि बाढी पसेको छ ।

तुलसीपुर–१२ को बउँडाई सोतोमा भेल आउँदा खेतमा पसेपछि धानबालीमा क्षति पुगेको छ । यस्तै हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । बिहान आएको बढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको गाडी बगाएपछि गाडीका चालक र सहचालकलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

यता घोराही उपमहानगरपालिका–१० खैरीमा दुई वटा घरमा हापुर खोला पस्दा घर भत्किएको प्रहरीले जनाएको छ । गएराति परेको वर्षातका कारण खोला घरमा पसेपछ घर भत्किए पनि मानवीय क्षति हुन नपाएको नारायणपुर प्रहरीले जनाएको छ ।
दाङमा गएराति साढे २ बजेदेखि वर्षा शुरु भएको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ । गएराति साढे २ बजेदेखि साढे ५ बजेसम्मको मापन अनुसार जिल्लामा ४५ मिलिमिटर पानी परेको छ ।

फाइल तस्वीर

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्