सिन्धुपाल्चोक पहिरो : ११ जनाको सनाखत, २० जना अझै बेपत्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुपाल्चोक पहिरो : ११ जनाको सनाखत, २० जना अझै बेपत्ता

    मा प्रकाशित

कनिका खबर
भदौं २९, सिन्धुपालचोक
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ को पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । अझै २० जना बेपत्ता छन् । जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक रहेका छन् । त्यसैगरी नागपुजेकी ६० वर्षिया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरसस्वती विकको पनि मृत्यु भएको छ । पहिरोमा बेपत्ता भएका अरु २० जनाको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले खोजिरहेको छ । पहिरो आउँदा भिरखर्कको माथिल्लो टोल, नेवार टोल, तामाङ टोल सबै बगेको बाह्रबीसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठले बताउनुभयो । भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानतिर लगिएको छ । पहिरोबाट बाँचेकाहरुहरुलाई अहिले अस्थाई टेण्टमा राखिएको छ । सभामुख अग्नि सापकोटाले हिजो सुरक्षाकर्मी सहित घटनास्थल पुगेर स्थानीयको अवस्थाबारे जानकारी लिंदै थप जोखिमको अवस्थाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङ देउरालिका ३० घर पनि पहिरोको उच्च जोखिममा परेका छन् । शनिबार रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो गएपछि केही स्थानीयको घर भित्र पहिरोको लेदो पसेको छ । घर नै बगाउन सक्ने गरी बस्तीको आसपास पहिरो चलेपछि सेलाङ देउरालिका स्थानीयले घर छाडेका स्थानीय सन्देश परियारले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्