दाङ जिल्ला उद्योग वाणिज्य संघको सचेतना कार्यक्रम शुरु – Kanika Khabar
Saturday, May 4Nepali News Portal

दाङ जिल्ला उद्योग वाणिज्य संघको सचेतना कार्यक्रम शुरु

    मा प्रकाशित

गोविन्द खड्का
घोराही १३, बैशाख ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा बिहीबारदेखि व्यावसायिक सचेतना कार्यक्रम शुरु गरेको छ ।
संघका अध्यक्ष बसन्त जोशीले शुभारम्भ गरेका हुन् । सचेतना कार्यक्रममा सबैका ढाेका ढोकामा पुगेर व्यावसायिका गुनासा सुन्ने र आवश्यक सेवा दिने सहकोषाध्यक्ष एवम् सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिए ।
टोली सब्जीमण्डी, राप्ती टोलमा घरदैलो गरेको थियो । दिनदिन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रमाणपत्र देखिने गरी राख्ने, समयमा नवीकरण गर्ने, पान नम्बर देखिने गरी राख्ने लगायत सिकाएको छ । पहिलो दिन ८० पसलमा पुगेर सेवा दिइएको संयोजक खनाललले बताए ।

व्यावसायीलाई बुलेटिन र क्यालेन्डर वितरण गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, महासचिव महेन्द्र बुढाथोकी, सदस्यहरू निमबहादुर बुढाथोकी, विष्णु रिजाल, नोर्बुृ तामाङ लामा र बामदेव न्यौपाने लगायतको सहभागिता रहेकाे थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्