उपनिर्वाचन : माैन अवधि सुरू – Kanika Khabar
Saturday, May 4Nepali News Portal

उपनिर्वाचन : माैन अवधि सुरू

    मा प्रकाशित

दाङ, १३ वैशाख ।

यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बिहीबारदेखि माेन अवधि सुरू भएकाे छ ।

निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको माैन अवधि सुरू भएकाे हाे । माैन अवधिमा प्रचारप्रसारका कार्य गर्न निषेध गरिएकाे छ ।

निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ ।

इलाममा १९ जना र बझाङमा ११ जना उमेदवार चुनावी मैदानमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्