काङ्ग्रेस नेता अफताबलाई जन्मकैद फैसला – Kanika Khabar
Sunday, May 5Nepali News Portal

काङ्ग्रेस नेता अफताबलाई जन्मकैद फैसला

    मा प्रकाशित

राैतहट, १३ वैशाख ।
जिल्ला अदालत राैतहटले नेपाली काङ्ग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ । अदालतले नेता आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएकाे हाे । रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप उनलाई लागेको थियो ।

२६ असोज २०७६ मा पक्राउ परेका तत्कालीन अवस्थामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमविरूद्ध प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा चलाएको थियो । घटनाको १२ वर्षपछि प्रहरीले आलमलाई रौतहटस्थित निवासबाटै पक्राउ गरेको थियो ।

यो मुद्दामा सरकारी वकिलले प्रतिवादी बनाएका मुक्ति साहले भने सफाइ पाएका छन्। जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन्।

उनीहरूलाई पुरानो मुलुकी ऐन अनुसार जन्मकैद बापत २० वर्ष जेल सजाय हुने छ। यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये बाँकी ६ जनाको मुद्दा भने मुल्तवीमा राखिएको छ। महमद मोविन, शेश फजले हक शेश भदै शाहिर आलम गौरी शंकर साह शेश मलाकारको मुद्दा मुल्तवीमा राखिएको हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्