दाङमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    मा प्रकाशित

दाङ, १३ वैशाख ।
दाङमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएकाे छ । जिल्लाकाे शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हाे ।
दुर्घटनामा परी दुईजना घाइते भएका छन् । घाइते मध्ये एकजनाकाे अवस्था गम्भीर रहेकाे छ ।

पश्चिमदेखि तुलसीपुर आउँदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर – ७ खैरेनी प्रतीक्षालय नजिक पैदलीयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर – ७ खैरेनी बसोबास गर्ने ७२ बर्षका शमसेर थापा रहेका छन् । थापाको राप्ती प्रादेशक अस्पताल तुलसीपुरमा उपचारकाे क्रममा ६ बजेर ४० मिनेटमा मृत्यु भएको हो । घाइते हुनेमा बबई ३ हंसपुरका ३० वर्षका मोटरसाइकल चालक कमल वि.क., मोटरसाइकलमा सवार बाँके घर भएका २५ वर्षका प्रकाश रसाइली रहेका छन् ।

घाइते मध्ये रसाइलीकाे अवस्था गम्भीर रहेकाे छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्