कोरोनाबारे गलत प्रचार गर्दै हिँड्ने चार जनालाई कारबाही – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोनाबारे गलत प्रचार गर्दै हिँड्ने चार जनालाई कारबाही

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, लमजुङ
जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना भाइरसबारे गलत प्रचार गरेका व्यक्तिलाई कारबाही गरेको छ । प्रशासन कार्यालयले सामाजिक सञ्जालसँगै कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गरेका ४ जनालाई कारवाही गरेको हो । कारबाहीमा पर्नेमा बेसीसहर नगरपालिका– ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीया महिला, ७ कै ४९ वर्षिय पुरुष र ११ का २९ वर्षीय पुरुष रहेका छन् । उनीहरूलाई प्रशासन कार्यालयमा बोलाएर कारबाही स्वरूप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उनीहरूले अनावश्यक रुपमा कोरोना रोगको गलत प्रचारसँगै कोरोना सङ्क्रमितको परिवार र समाजमा भ्रम फैलाएकाले कारबाही गरिएको प्रजिअ शर्माको भनाइ छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भएपनि पहिलोपटक भएकाले कारबाही स्वरूप उक्त जरिवाना लिएर छाडेको प्रशासनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्