रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर – Kanika Khabar
Friday, April 26Nepali News Portal

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर

    मा प्रकाशित

कनिका खबर
असोज १५, काठमाडौँ ।
२०७२ सालको विनासकारी भूकम्पबाट क्षति पुगेपछि पूर्ननिर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा आज गजुर हालिएको हो ।
१ सय २३ किलोको गजुरमा ३२ दशमलब ७३ तोला सुनको जलप लगाईएको छ । रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदन अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट अर्थात शिखर शैलीमै पुनर्निर्माण गरिएको छ ।
गजुर राखिएसँगै रानीपोखरी पुनर्निमाणको काम करिब सकिएको र रंगरोगन तथा साजसज्जाको केही काम बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं रानीपोखरी पूर्ननिर्माण आयोजनाका प्रमुख भरत अर्यालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्