शून्य जिन्दगी – Kanika Khabar
Friday, April 19Nepali News Portal

शून्य जिन्दगी

    मा प्रकाशित

जिन्दगीको थोत्रो ठेलागाडा
असिनपसिन भई घिसारिरहेँ
संघर्षको उकाली बाटोमा
शिखर पुग्नै पुग्नै लाग्दा
थेग्न नसकी जिन्दगीको भार
हुत्तियो ठेलागाडा तल तल
खस्यो कहालीलाग्दो भीरमूनि
अनि बिलायो जिन्दगी शून्यतामा
हराएको त्यो जिन्दगी भेट्टाउन
मैले पनि हाम फालेँ त्यही शून्यतामा
यो बैभवको वैरी दुनियाँ
तँछाड मछाड, देखासिकी, लुछाचुँडी
कोलाहाल अनि तनावग्रस्त सभ्यताको बिचमा
मिथकको लाचार सिसिफस भएर
भिरमूनि खसिरहने जिन्दगीलाई
एकतमासले क्वारक्वार्ति हेरि रहेर
पराजित भावको खुइय सुस्केरा हाली
असन्तुष्टिको खिस्स हाँसो हाँस्नुभन्दा
भिरमूनिको अलौकिक शून्यताको बिचमा
मौलाएको सन्नाटाको शान्त सभ्यता
आहा ! कति धनी छ शून्य जिन्दगी

**************************

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्