भालुवाङ राजधानी हुदा सबैलाई न्याय हुन्छ : पूर्व मन्त्री शर्मा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

भालुवाङ राजधानी हुदा सबैलाई न्याय हुन्छ : पूर्व मन्त्री शर्मा

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
प्रतिनिधि सभा सदस्य एवं पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रदेश – ५को स्थायी राजधानी दाङ हुँदा प्रदेशका १२ जिल्लामाथि न्याय हुने बताएकी छन् । दाङको ढिकपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुने ।
मन्त्री शर्माले भालुवाङ बाह्र जिल्लाकै पायक पर्ने स्थानका रुपमा रहेको भन्दै त्यसको विरोध कसैले गर्न नहुने उल्लेख गरिन् । बुटवल बिकास उन्मुख शहरका रुपमा रहेको भन्दै त्यसलाई औद्योगिक शहरका अगाडि लैजानु पर्ने धारणा राखिन् ।
प्रदेशको मुकाम दाङ राख्दा सबैको लागि न्यायपूर्ण हुने बताउँदै बुटवल राजधानी राख्ने काम भुगोलका दृष्टिकोणले उचित नभएको तर्क व्यक्त गरिन् । प्रदेश नं.५ सरकारले गरेको स्थायी मुकामको निर्णय उचित र न्यायपूर्ण भएको धारणा राखिन् । प्रदेश सरकारको पक्षमा सबै उभिन आबश्यक रहेको भन्दै दाङ राजधानी हुदा प्रदेशका सम्पूर्ण नागरिकलाई सहज हुने धारणा व्यक्त गरिन् ।
सरकारले पछिल्लो समय जग्गाको कित्ताकाट गर्ने क्रम रोक्कामा खुशी व्यक्त गर्दै राजधानी बन्ने बाहानामा कसैले जग्गाको विक्री वितरण गर्छ भने त्यसलाई कारर्वाही गर्नुपर्ने उल्लेख गरिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्