दाङ महिला जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

दाङ महिला जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

कनिका खबर
असोज १९, दाङ ।

दाङ महिला जेसीजको आयोजनामा आज सोमबार घोराहीमा रक्त संचार सेवा केन्द्र घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जेसीजकी अध्यक्ष जीबा भुसालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको प्रमुख आतिथ्यता र रक्त संचार सेवा केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
जसमा विभिन्न क्षेत्रबाट उपस्थित भएका १५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भुषालले जेसीजमा लाग्ने ब्यक्ति सफल नेतृत्व कर्ता बन्न सक्ने भन्दै अहिले आवद्ध जेसीहरु समेत सफल उद्यमी बन्न सफल भएको बताएका थिए । जेसीज महिलाहरु विकट गाउसँग जोडिएर त्यस क्षेत्रबाट पनि सफल र सक्षम नेतृत्व खोज्नु पर्नेमा उहाँले जोड दिए । साथै प्रमुख अतिथि भुषालले अहिले प्रदेशको राजधानी दाङले मागेको नभई राजधानीले दाङ मागेको बताए ।

कार्यक्रम संयोजक निमा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, निवर्तमान अध्यक्ष रेखा शर्मा, सिप विकास केन्द्रकी अध्यक्ष निर्मला न्यौपाने, रक्त संचार केन्द्रका प्राविधिक ठाकुर पौडेल लगायतको उपस्थिति रहेको थियो । जेसी दिलु मल्लले आस्थापाठ गराउनुभएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष नारायणी भण्डारीले जानकारी गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्