महिलाहरुलाई सपीङ ब्याग बनाउने तालिम – Kanika Khabar
Saturday, April 27Nepali News Portal

महिलाहरुलाई सपीङ ब्याग बनाउने तालिम

    मा प्रकाशित

कनिका खकर
दाङ, २३ असोज  ।
दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिन सीपमूलक तालिम सम्पन्न भएको छ । घोराही उपमहानगरपासिलका वडा नम्बर १७ मा शुक्रवार सीपमूलक तालिम अन्तरगत एकदिने सपीङ ब्याग बनाउने तालिम सम्पन्न भएको हो । सप्ताहको छैठौ दिन घोराही उपमहानगरपालिका वडा नम्बर १७ का १७ जना महिलाहरुको सहभागिता रहेको थियो । प्यास्टिक ब्यागले वारावरण प्रदुषण हुने भएकाले प्लाष्टिक निरूत्ससाहित  बनाउने तालिमको आयोजना गरिएकाेे हाे ।
प्याष्टिकमुक्त अभियानलाई सफल बनाउनका लागिि तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्लाष्टिक निरूत्साहित ब्याग बनाउने तालिमको आयोजना गरिएको ।तालिममा नारी सीप विकास समाजका अध्यक्ष विष्णु थापा ले जानकारी गराउनु भएको थियो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष श्री खुसिराम चाैधरीकाे प्रमुख आतिथ्य र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको विशिष्ठ आतिथ्यमा तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरीले सीपले मात्र आत्मनिर्भर बन्नका लागि सहज हुने बताए  ।
कार्यक्रममा त्रिभवननगर जेसीजका अध्यक्ष माधव पौडेल, पूर्व अध्यक्ष विमला देवकोटा, तालिमका प्रशिक्षक नारी सीप समाजका अध्यक्ष विष्णु थापा, प्रगति महिला विकास बहुउद्देेशीय  सहकारी संस्थाका अध्यक्ष द्रोपता न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरिन् ।
कार्यक्रम संयोजक दिलु मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसीजका सदस्य अर्चना शर्माले आस्था पाठ गराइन् । सप्ताहव्यापी कार्यक्रमबारे मूल संयोजक नारायणी भण्डारीले जानकारी गराइन्। कार्यक्रममा सहभागीहरुलाई तालिम निर्देशक जुनु मगरले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमकाे सहजीकरण  संगिता गिरीले गरेेेेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्