प्रवलकाे जीवन सङ्घर्ष – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रवलकाे जीवन सङ्घर्ष

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख ३१, दाङ ।

अहिले विश्वमा काेराेना भाइरसले महामारीको रुप धारण गरेको छ । मानव जीवननै संकटको अवस्थाबाट गुज्रिरहेकाे छ । याे संकटबाट पार लगाउन सिङ्गो मानव जाति लागेको छ । हरेक देशका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कलाकार, लेखक, साहित्यकार लगायत सम्पूर्ण बाैद्धिक जगत आआफ्नाे ठाउँबाट अाफ्नाे भूमिका निर्वाह गरिरहेका छन् । यसै क्रममा गीतकार प्रवल विष्टले गीत मार्फत आफ्नाे भूमिका प्रस्तुत गरेका छन् ।

गाेल्डेन क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको बाेल रहेकोे छ- ‘जीवन संघर्ष हाे …’

गीतकार प्रवल विष्टले सरल भाषाशैलीमा आम मानिसले बुझ्ने गरि गीत लेखेका छन् । बिम्ब प्रयोगमा पनि अत्यन्तै सजक र सफल रहेका छन् । उनले जीवनलाई घर अनि फूलसँग तुलना गरेका छन् ।

मानिसले जन्मेपछि विभिन्न संकटहरुकाे सामना गर्नुपर्छ तर कहिल्यै हार मान्नुहुन्न । भुकम्पले सानासाना झुपडीदेखि कहिल्यै ढल्दैन भनिएका अालिसान महलसमेत ढलाएर गयाे । सबै समान छन् । “पाइला पाइला मृत्युसँग, नलडेको कैले छ र कति खेर ढल्छ जीवन, ढुक्क छैन आफ्नै घर” काेराेनाले सानाठूला, धनीगरीब केही भनेको छैन ।

मृत्यु सबैलाई समान छ । पाइला पाइलामा मृत्यु छ तर संघर्ष गर्न छाेड्नुहुन्न । पत्थर जस्तो कडा वस्तुसँग ठाेक्किएर हिड्नुपर्छ । बिजुली निस्कने नदीको बीचमा राेकिनु पर्ने याे भन्दा ठूलो संघर्ष के हाेला ? “पत्थरसँग ठाेकिनु पर्छ, नदीको बीचमा राेकिनु पर्छ । बटुली सारा खुसीहरु अाफ्नाकाे सामु पाेखिनु पर्छ ।” यिनै संघर्षहरुबाट खारिएर निस्केको खुसीहरुमा अाफ्नाहरुसँग रमाउँदाकाे पल अाहा ! कति मीठो ?! जीवन फूल हाे । एउटा फुल्छ, अर्को झर्छ । एउटा झर्छ अर्को फल्छ । याे त संसारकाे रित नै हाे । यसमा दु:ख मान्नु कारणनै छैन । मृत्युसँग डराएर भाग्नु हुन्न । यससँग डटेर सामना गर्नुपर्छ । “एउटा फुल्छ अर्को झर्छ, पुरानो मायाँ नयाँमा सर्छ यस्तै हाे संसार मर्नदेखि व्यर्थै किन मान्नु डर “ “एउटा झर्छ अर्को फल्छ, संसारको रित यसरी चल्छ आज बाँचाैं खुसीसँग भाेलीकाे किन मान्नु र डर जीवन संघर्ष हाे …” समग्रमा गीतकारले अाम जनसमुदायलाई वर्तमान समयमा जस्तोसुकै परिस्थितिमा पनि हाँसीहाँसी बाँचाैं । बाँच्नका लागि संघर्ष अपरिहार्य छ भनेका छन् ।

गीत साहित्यकाे यस्तो विधा हाे, याे जुनसुकै उमेर समूह र जुनसुकै बाैद्धिक स्तरकाले पनि सुन्ने गर्छन् । त्यसैले गीत बाेधगम्य र सरल भाषा शैलीकाे हुनुपर्छ । साेझाे अर्थमा भन्ने हाे भने गीत अाममानिसले बुझ्ने हुनुपर्छ । यसमा गीतकार सफल देखिएका छन् । गीतकार प्रवल विष्टको याे उत्कृष्ट गीतलाई संगीतकार सन्ताेष श्रेष्ठले संगीत भरेर सुनमा सुगन्ध छरेका छन् ।

गायक सिडी विजय अधिकारीकाे स्वरले गीतलाई जीवन्त बनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्